६ हजार ३०९ जनाको परिक्षणमा थपिए २१ संक्रमित, ३ सय १९ निको

धादिङ,१४ चैत।

नेपालमा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ६ हजार ३०९ कोरोना परीक्षण गर्दा जम्मा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभर ५ हजार १५२ आरटी पिसिआर परीक्षणमा १५ जना र ११ सय ५७ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये ३ सय १९ जना स्वस्थ भएका छन् भने संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६५ हजार १४२ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २५४ रहेको छ।देशभर आजसम्म ११ लाख १८ हजार ४६६ कोभिड संक्रमित भएको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्