शनिबार २०५ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,३२ असार ।
कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ९० जनामा गरिएको परीक्षणमध्ये आज २०५ जनामा सङ्क्रमण देखिएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १३८५ जना रहेका छन् । विगत २४ घण्टामा ५१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९५७ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्