ट्रकको ठक्करबाट एक युवकको मृत्यु

धादिङ, १२ कात्तिक ।
धादिङको धुनिबेशी नगरपालिका ९ स्थित सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुरुङमार्गमा काम गर्ने धादिङको धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डे रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।
गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।सुरुङमार्गमा बिहीबार बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो । ट्रक चालक फरार रहेको र उनको खोजी  कार्य भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्