थप ३९७ जनालाई कोरोना संक्रमण,३ जनाको ज्यान गयो

धादिङ,२६ कात्तिक।
पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको परिक्षणमा ३९७ संक्रमित थपिदा ३८९ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ९ हजार १३४ जनाको पीसीआर गर्दा ३५५ जना र १ हजार ९३२ जनाको एन्टिजेन परिक्षणमा ४७ गरी ३९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार मात्रै ३१७ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४९८ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ३ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४६९ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्