आज २३८ संक्रमित थपिदा ३९२ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७९७ को परिक्षणमा २३८ संक्रमित थपिदा ३९२ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ५ हजार २९५ जनाको पीसीआर गर्दा २२० जना र १ हजार ५०२ जनाको एन्टिजेन परिक्षणमा १८ गरी २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै २४६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ९७९ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ४ हजार १०८ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ८ प्रतिशत रहेको छ।यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएसँगै  हालसम्म सङ्क्रमणका कारणमृत्यु हुनेको संख्या एघार हजार ५४० को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्