धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार जिल्लामा २९ एण्टिजेन परिक्षण गरिएकोमा १२ पोजिटिभ आएकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितहरु निलकण्ठ नगरपालिकाका ३, बेनिघाट रोराङका २, गल्छीका १ र धादिङ अस्पतालमा ६ गरि जिल्लामा आज १२ पोजिटिभ केश देखिएको छ ।यो सँगै जिल्लाको सक्रिय केश १४ पुगेको छ।
संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ८५ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भएका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।