अपरिचित-कविता

चिन्नैपर्छ भन्ने कहाँ छ र?

अपरिचितहरूले बनएको इतिहासका उत्तराधिकारी हौँ हामी

यो सडक, खै कसले बनायो थाह छैन

सडक किनारमा, अपरिचितहरूले रोपेका रुख बिरुवा

मेरो आफ्नै जिन्दगीका आधार हुन् ।

आफैँको पनि कहाँ आफ्ना हाैँ र म वा तिमी?

चल्नुपर्छ अाक्राेशकाे एक झाेँक, परिचित पनि विरानाे बन्छ, र सम्बन्ध सुदूरकाे

परिकथा ! के भनाैँ

अपरिचित आकाशमाभ्रमहरूकाे परिचयपत्र बाेकेका

अपरिचित हातले नियन्त्रित

सम्वेदनशील चङ्गा हामी…

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्