स्यादुलस्थित पञ्चकन्या माविमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्यादुलस्थित पञ्चकन्या माध्यमिक बिद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत बुधबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रयास नेपाल धादिङले पञ्चकन्या मा.वि संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेटबारेमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत ईश्वरी कोईराला, कार्यकारी निर्देशक दामोदर अर्याल र चाइल्ड फण्ड जापानको संस्थागत जानकारी गराउनुभएको थियो ।

No description available.

अभिमुखीकरण कार्यक्रममा बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउनुको साथै बिद्यालयमा बालबालिका उपस्थिति दर बढाउनुको साथै गुणस्तरीय बालबालिका सिकाई उपलब्धि सुधारका लागि बिद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरु आफ्नो काम कर्तव्य र उतरदायित्व जवाफदेही तथा जिम्मेवारी बोध सहित सहकार्य हुनु पर्ने चाईल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठले बताउनु भयो ।

गुणस्तरीय शिक्षाको लगी बिद्यालय पनि योजनाबद्ध रुपमा लगनशील भएर लागि परिरहेकोले बिद्यालयमा शिक्षाका लागी आएका कार्यक्रमहरुसँग समन्वय र सहकार्य गर्न पञ्चकन्या मावि तयार रहेको बताउँदै सुधारका लागि गर्नुपर्ने कार्य गर्न बिद्यालयको तर्फबाट प्रधानाध्यापक बसन्त महतले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

No description available.

कार्यक्रममा बेनिघाट रोराङ गा पा वडा नं ६ का वडाध्यक्ष देबकृष्ण आलेले प्रयास नेपाल धादिङ र चाईल्ड फण्ड जापानले वडा कार्यालय तथा बिद्यालय व्यवस्थापन समितिको समन्वयमा बिद्यालय शैक्षिक सुधारको लागि सहयोग गर्न लागेकोमा खुसी भएको र कार्यक्रम संचालनको क्रममा स्थानीय वडा कार्यलय र बिद्यालयबाट सक्दो सहयोग र साथ गर्ने प्रतिबद्धता गर्नु भएको प्रयास नेपाल धादिङका सहायक सुचना अधिकृत दिप्ति जोशीले जानकारी दिनु भयो ।

No description available.

वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष आलेको अध्यक्षता भएको अभिमुखिकरण कार्यक्रममा पञ्चकन्या मा.वि व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी ,अभिभावक र शिक्षकहरु, चाईल्ड फण्ड जापानका कार्यक्रम निर्देशक बिमल भेटवाल, कार्यक्रम व्यवस्थापक वीर कुमार श्रेष्ठ,अधिकृत श्रीकान्त लुईटेल, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहित सुनौलो भबिष्यका लागि शिक्षा परियोजनाका कर्मचारीहरु लगायत २५ जनाको उपस्थिति रहेको खोरभज्याङबाट प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत ईश्वरी कोईरालाले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्