उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं १ तिप्लिङमा सडक खन्ने क्रममा गएको पहिरोमा बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
आज बिहान करिब साढे ७ बजे तिप्लिङ्गको पुरु नजिकै लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य रुवीभ्यालीका अनिस तामाङ बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
मौसममा खराब भएकाले खोजीमा समस्या भएको छ। अहिले पनि सामान्य हिमपात भइरहेको र अझै पहिरो झर्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।धादिङबेसि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्ने उक्त क्षेत्रमा बिकट गाउँमा सडक पु¥याउन काम भईरहेको थियो।