आईफोन १४ प्रो मा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहने

काठमाडौं ।एप्पलको अब आउने आईफोन १४ मा ४८ मेगापिक्सेलको मुख्या क्यामरा रहने भएको छ।

गत जनवरी १२ मा ट्रेन्डफोर्सले जारी गरेको रिपोर्ट अनुसार एप्पलले आईफोन १४ सिरिजको प्रो भर्सनमा पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्य क्यामरा उपलब्ध गराउने भएको हो।

रिपोर्ट अनुसार क्यामरा रेजोल्युशन क्षमतामा यो छलाङ आईफोनको तेस्रो पटक हुनेछ।

रिपोर्टमा भनिएको छ, ‘सन् २०२१ मा आएका ५० प्रतिशत मूलधारका डिजाइनमा १३ देखि ४८ मेगापिक्सेलका क्यामरा राखिएका थिए। यसैगरी २० प्रतिशत सेटमा ४९ देखि ६४ मेगापिक्सेलका क्यामरा उपलब्ध थिए। यो दर २०२२ मा बढेर २३ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। यसपछिको सबैभन्ला बढी हिस्सा १२ मेगापिक्सेलको रहेको छ। तर आउँदै गरेको आईफोन १४ को प्रो सिरिजमा ४८ मेगापिक्सेलको क्यामरा रहने बुझिएको छ। यससँगै १२ मेगापिक्सेल क्यामरायुक्त भेरियन्टको उत्पादन भने एप्पलले यो वर्ष १५ प्रतिशतले घटाउने भएको छ।’

एप्पल इन्साइडरको रिपोर्ट अनुसार कम्पनीलाई ८के भिडियो रेकर्डिङका लागि बढी रेजोल्युशनको क्यामरा चाहिएको हो।

चर्चित एप्पल विश्लेषक मिङ चि कुओले थुप्रै पटक आईफोन १४ को प्रो भेरियन्टमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहने उल्लेख गर्दै आएका छन्। उनले २०२३ मा आउने आईफोन १५ मा पेरिस्कोप जूम पनि रहनेसमेत बताउँदै आएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्