सरकारले खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पालिकालाई निर्देशन दिएको छ ।माघ ७ गतेदेखि लागू हुने गरी पालिकाहरुलाई खोप केन्द्र र परीक्षण बुथ राख्न निर्देशन दिइएको हो ।
पालिकाको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टासम्म सञ्चालन हुने गरी कोभिड –१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्नुपर्ने, महानगरपालिका र उपमहानगरपालिका तथा नगरपालिकाले जनघनत्वको आधारमा थप खोप केन्द्रहरू राख्नुपर्ने कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशमा उल्लेख छ ।