बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का ३ वटा बिद्यालय मा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत बिहिबार वडा नं ६ को बोमराङ आवि,वडा नं ८ को सुर्योदय आबि र वडा नं १० को पदमचौर आविमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेटबारे पदमचौर आविमा प्रयास नेपाल धादिङका सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठ, बोमराङ आबिमा सहायक कार्यक्रम अधिकृत ईश्वरी कोईराला, सुर्योदय आबिमा सहायक कार्यक्रम अधिकृत सुमित्रा चेपाङ र कार्यक्रम संयोजक सुमन ज्ञवालीले कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बालबालिकाको बिद्यालयसम्म पहुँच बढाउन, बालबालिका उपस्थिति नियमितता गराउन , बालबालिकाहरुको सिकाई उपलब्धि सुधारका लागि बालबालिकालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम संचालन हुनेछ ।कार्यक्रमले बालबालिकाको सिकाई उपलब्धि बृद्धि गर्न सम्बन्धित पक्ष बिद्यालयका व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरुसँग सहकार्य तथा गाउँपालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा बोमराङ आविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम चेपाङ,प्रधानाध्यापक बिष्णु प्रसाद रिजाल, पदमचौर आबिका शिअसं अध्यक्ष पुष्प बहादुर बिक,प्रधानाध्यापक शेषराज अर्याल,पदमचौर आबिका शिअसंघका अध्यक्ष कविराज श्रेष्ठ लगायत विव्यस पदाधिकारी ,शिक्षक अभिभावक संघका पदाधिकारी,अभिभावक र शिक्षकहरु, वडा ६ का वडाध्यक्ष देबकृष्ण आले मगर, चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ लगायत प्रत्येक बिद्यालयमा २४÷ २४ जनाको सहभागीता रहेको थियोे ।
कोभिड संक्रमणको अवस्थालाई ध्यान दिदै कार्यक्रम संचालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको साबधानि अपनाएर कार्यक्रम गरिएको आयोजकले बताएको छ।बिद्यालयमा बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन दिर्घकालिन उद्धेश्य राखेर चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम संचालन गर्दै छ।