युभेन्ट्स मिलान बराबर, शीर्ष स्थानको इन्टरलाई फाइदा

काठमाडौं, १० माघ
इटालियन सिरी ए मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानले शीर्ष स्थानको  इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । 

मिलानले जितको लक्ष्यसहित युभेन्ट्स माथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २-१ ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको थियो । 

इन्टरको २३ खेलमा ५३ अंक छ । जुन ४९ अंकसहित दोस्रो स्थानमा बसेको नेपोली र तेस्रो स्थानको मिलान भन्दा चार अंक बढी हो । 

इन्टरले एसी मिलान भन्दा एक खेल कम खेलेको छ । एट्लान्टा ४३ अंकसहित चौथो स्थानमा छ भने पाँचौ स्थानको युभेन्ट्सको ४२ अंक छ ।

नेपोली भने सेलनिटानालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । त्यस्तै रोमाले इम्पोलीलाई ४-२ ले निराश बनायो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्