काठमाडौं : कोरोना संक्रमण बढ्न थालेपछि नेपाल चिकित्सक संघले हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसलगायत अन्य स्वास्थ्य समस्या परे संघले सञ्चालनमा ल्याएको ११५६ नम्बरमा फोन गरेर स्वास्थ्य परामर्श लिन सकिने छ।
संघले विज्ञप्ति जारी गर्दै कोभिडको तेस्रो लहर बढ्दै गएकाले संक्रमितलाई लक्षित गरी मंगलबारदेखि कल सेन्टर सुरु गरेको जानकारी दिएको छ। उक्त नम्बरमा प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म परामर्श दिइने संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।
कोभिड कल सेन्टर नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको डा. रिजालले जानकारी दिए।


 
		 
			 
                             
                             
                             
                             
                            