धादिङका थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज जिल्लामा १८५ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा २९, धादिङ अस्पतालमा २६, धुनिबेसिमा २२, त्रिपुरासुन्दरीमा १०,गल्छीमा ५, गजुरीमा ५, बेनिघाट रोराङमा ५ र गंगाजमुना गाउँपालिकामा ५ गरि जम्मा १ सय ७ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यस्तै आज थप २३ संक्रमित संक्रमण मुक्त भएका छन्।
हाल जिल्लाको सक्रिय संक्रमित ६ सय ८६ पुगेको छ।संक्रमित मध्ये ६ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्।धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) ५७ दशमलब ८ प्रतिशत पुगेको छ ।केही दिनयता संक्रमण दर बढ्दै गएको छ ।
सोमबार मात्रै ११९ संक्रमित थपिएका थिए।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ९ सय ५४ पुगेको छ। संक्रमित मध्ये ८ हजार २०७ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।