धादिङ,२२ माघ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५१३ नमुना परीक्षण गर्दा १७ सय १४ जना नयाँ सङ्क्रमित थपिदा ४ हजार ७७१ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट आज ५ हजार २२५ जनाको पीसीआर गर्दा ११ सय ३ जना र ३ हजार २८८ जनाको एन्टिजेन परिक्षणमा ६११ गरी १७ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० पुगेको छ। शुक्रबार २ हजार ५२६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६३९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ।योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ८०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।