नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हट्यो,अर्को प्रणाली नआए गर्मी बढ्ने

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हटेको छ ।

प्रभाव हटेकाले अब केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।यो प्रणालीका कारण बुधबार पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको थियोे ।

अब वर्षा र हिमपात हुने अर्को प्रणाली नआए गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् । अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।तराईका जिल्लाका केही ठाउँमा हुस्सु, कुहिरो छ। तर, बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्