धार्के–सितापाइला सडक कालोपत्रे हुने

धादिङ,२८ माघ।

धार्के–सितापाइला सडक कालोपत्रे हुने भएको छ ।

नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गर्नको लागि ५५ करोड बजेट सुनिश्चित भएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो।

मुख्यमन्त्री पाण्डेको निर्देशन तथा समन्वयका कारण बजेटको सुनिश्चित भएको रुपाखेतीको भनाई छ ।

यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाण्डौँ प्रवेश गर्ने यात्रुहरुलाई सहज हुनेछ भने नागढुँगा मुग्लिन सडक चौडा पार्ने क्रममा धार्के देखि काठमाण्डौँ तर्फको यातायात व्यवस्था सहज हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्