धादिङ,२८ माघ।
नेपालमा पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसो पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ ।
जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ ।देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।