काठमाडौं,२८ माघ।
चर्चित हास्य टेलिश्रृखंला ‘सक्किगोनी’का लेखक,निर्देशक तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ।
शुक्रबार विहान १ बजे काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा रहेकी घिमिरेकी आमा बिमला घिमिरेको निधन भएको हो। मस्तिष्काघात कारण विगत दश महिनादेखि अस्पतालमा उपचार भइरहेको थियो।
आमाको निधनपछि घिमिरेलाई उनका सहकर्मी, विभिन्न कलाकारदेखि उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन्।