काठमाडौँ, १६ फागुन ।
सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
 
यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।  
चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा निर्धारण गरिएकाे छ ।


 
		 
			 
                             
                             
                             
                             
                            