सुनको मूल्य ताेलामा ९०० रुपैयाँले बढ्यो

काठमाडौँ, २० फागुन ।  

सुनको साताकाे अन्तिम दिन शुक्रबार प्रतितोलामा  ९०० रुपैयाँका दरले बढेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
 
यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।  

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्