युवा रेडक्रस सर्कल नीलकण्ठ माविको अध्यक्षमा रवि भट्ट

धादिङ,२ चैत।

नीलकण्ठ माध्यमिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल गठन गरिएको छ।

बुधबार रबि भट्टको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा स्नेहा श्रेष्ठ, सचिवमा तारा वि.क., कोषाध्यक्षमा रविन अधिकारी र सह–कोषाध्यक्षमा सुरक्षा सुवेदी रहनुभएको छ।

कार्यक्रममा शिक्षक नायक राजेन्द्र राना मगर र युवा रेडक्रस सर्कलका सचिव राजन अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्