धादिङ,०९ चैत।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ र हाम्रो नेपाल हामी नेपाली अभियानमा सरिक धादिङका अभियान्ताहरु बीच समायोजन भएको छ ।
ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको हाम्रो नेपाल हामी नेपाली अभियानमा सरिक रहेका धादिङका अभियान्ताहरुलाई राप्रपा बागमती प्रदेश उपाध्यक्ष बुद्धि बहादुर तामाङ, जिल्ला अध्यक्ष ध्रुव खनालले टिका र खादा लगाएर स्वागत गरेका थिए ।