चीनद्धारा नेपाललाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

काठमाडौं, १२ चैत 

चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त विमानस्थल नेपाललाई हस्तान्तरण गरेका हुन् । 

चिनियाँ विदेशमन्त्री वाङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । त्यसपछि विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्