धादिङ रेडक्रसको स्वर्ण वर्षको अवसरमा भोलि रक्तदान कार्यक्रम हुने

धादिङ,१८ चैत।

धादिङ रेडक्रसको ५० औँ स्वर्ण वर्षको अवसरमा भोलि शनिबार धादिङबेशीमा खल्ुला रक्तदान कार्यक्रम हुने भएको छ । 

नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजनामा रेडक्रस सोसाईटी धादिङ शाखाको ५० औँ स्वर्ण वर्ष तथा ३५ हौँ साधारण सभाको अवसरमा खल्ुला रक्तदान कार्यक्रम हुने भएको हो। 

नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा धादिङबेशी स्थित क्रिक रिसोर्टमा बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ । 

कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्