भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु

नयाँ दिल्ली, १९ चैत

भारतमा पछिल्लो २४ घन्टामा कोभिडका १ हजार ३३५ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २१ हजार १२९ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । यो कूल संक्रमितको शून्य दशमलब शून्य ३ प्रतिशत हो । त्यस्तै संक्रमणबाट निको हुने दर ९८ दशलब ७५ प्रतिशत छ । दैनिक संक्रमित दर शून्य दशमलब २२ प्रतिशत छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रनका कारण संक्रमणमा बृद्धि भएपछि सरकारले खोप अभियानलाई तीव्र पार्दै आएको छ ।

यसैबीच, चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना दिनहँु बढेका छन् । कोभिडविरुद्ध शून्य सहनशिलताको नीति लिएको चीनमा संक्रमण फैलिएपछि कडाइ गरिएको छ । कोभिडका कारण मुख्य सहरहरुमा लकडाउन घोषणा गरिएका छन् ।एजेन्सी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्