न्युयोर्क, चैत २६ ।
अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । 
न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १।४५ मा घटना भएको हो ।  घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । 
त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ । –रासस

