काठमाडौं, २७ चैत
काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै आएका छन् । सो क्रममा ‘मिस फायरिङ’ भएको हुन सक्ने डीएसपी खतिवडाले बताए।