काठमाडौं, २८ चैत
प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ ।
आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सि र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो ।
सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।