केही दिन पानी नपर्ने,मौसम खुलेसँगै गर्मी बढ्यो

काठमाण्डौ,०३ बैशाख।
अबका केही दिन पानी नपर्ने मौसमविद्ले बताएका छन् । अझै केही दिन राम्ररी पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।पानी नपर्दा न्यूनतम र अधिकतम तापक्रम बढेको छ ।

यो हप्ता केही दिन मौसम धुम्मिएर शुक्रबारदेखि खुलेको छ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो गर्मी निक्कै बढ्न थालेको छ । उहाँका अनुसार प्रि–मनसुनको समयमा बेलुकातिर देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना भने रहन्छ। आज पनि देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्