२४ घन्टामा थपिए १८ संक्रमित, सक्रिय संक्रमित २८३ जना

धादिङ,१० बैशाख ।

देशभर थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ४ हजार ९४७ कोरोना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३ हजार ६९१ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २५६ एन्टीजेन परीक्षणमा शून्य रहेको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ८३ रहेको छ ।

देशभर आजसम्म ११ लाख १८ हजार ८९३ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्