एमाले धादिङद्वारा तिन गाउँपालिकामा अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस(वडाअध्यक्षहरुको नामावली सहित)

धादिङ,१० बैशाख ।
नेकपा एमाले धादिङले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सिद्धलेक गाउँपालिका अध्यक्ष सर्वसम्मत रुपमा सिफारिस गरेको छ।सिद्धलेक गाउँपालिकामा एमालेले सूर्यध्वजावहाक उम्मेदवारको रुपमा गाउँपालिक अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मालाई गाउँपालिका कमिटिले सिफारिस गरेको छ ।

यसअघि नेकपा एमालेका तर्फबाट उम्मेदवार भइ ५ वर्ष कार्यकाल पुरा गर्नुभएका अध्यक्ष र उपाध्यक्षलाई कामको मुल्यांकन गरि पुनःसिफारिस गरिएको नेकपा एमाले सिद्धलेकले जनाएको छ ।यसैगरि गंगाजमुना गाउँपालिकामा पालिका अध्यक्ष भक्तबहादुर लामीछाने र उपाध्यक्षमा एञ्जीला तामाङलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने गाउँ कमिटिले निर्णय गरेको छ ।

लामीछाने वडाअध्यक्ष हुनुहुन्छ भने तामाङ यसअघि पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।

गल्छी गाउँपालिका कमिटिले अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सीनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
खतिवडा २०५४ सालमा एमालेबाट निर्वाचित कल्लेरी गाँउ विकास समिति अध्यक्ष तथा एमाले गल्छी गाउँकमिटिका अध्यक्ष हुनुहुन्छ भने तिमल्सीना यसअघि गल्छी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुनुहुन्छ ।

यी हुन् सर्वसम्मत भएका वडाअध्यक्षहरुको नामावली

सिद्धलेकगाउँपालिका
वडानम्बर २ कमल गुरुङ
वडानम्बर ३ देबबहादुर पुलामी
वडानम्बर ४ झकबहादुर मगर
वडानम्बर ५ गोपाल गुरुङ
वडानम्बर ६ सुरेन्द्र मगर

गल्छीगाउँपालिका
वडानम्बर १ यदुकुमार खतिवडा
वडानम्बर २ षडानन्द खनाल
वडानम्बर ३ कपिल प्रसाद रेग्मी
वडानम्बर ४ जयरामअधिकारी
वडानम्बर ५ प्रेमबहादर तामाङ
वडानम्बर ६ राजकुमार रिमाल
वडानम्बर ७ हरी खतिवडा
वडानम्बर ८ रामहरी थापा

थाक्रे गाउँपालिका
वडानम्बर १ श्याम लामा
वडानम्बर ३ निकेश तामाङ
वडानम्बर ५ शन्तबहादुर तामाङ
वडानम्बर ६ पूर्णबहादुर कार्की
वडा नम्बर ८ केशव प्याकुरेल
खनियाबास गाउँपालिका
वडानम्बर ५ रबिन तामाङ

गजुरी गाउँपालिका
वडानम्बर ६ विष्णु श्रेष्ठ
निलकण्ठ नगरपालिका
वडानम्बर १ मानतामाङ
वडानम्बर २ तिलकबहादुर गुरुङ
वडानम्बर ४ हरीबहादुर श्रेष्ठ
वडानम्बर ९ नविनधमला
वडानम्बर ११ उमेश विष्ट
वडानम्बर १३ मसिना तामाङ

त्रिपुरासुन्दरी गाउँपालिका
वडानम्बर १ हरी बसौला
वडानम्बर ३ कमल थापा
वडानम्बर ७ गोकुल अधिकारी

यस बाहेकका वडाहरु पनि सर्वसम्मत भएका खबरहरु आएका छन् । पछिल्लो जानकारीहरु यहाँ प्रस्तुत गरिएको छ ।
वडा अध्यक्षको टिकट लिनेहरुको आकांक्षी धेरै भएकोले नेकपा एमाले धादिङले मनोनयन दर्ता गर्नुअघि नाम टुंग्याइने नेकपा एमालेले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्