धादिङ,१० बैशाख ।
मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन् । जलवायु जन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन जोड दिएका हुन् ।
अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरका छन् । मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले सतर्कता अपनाउन अनुरोध भनिएको हो ।
मौसम परिवर्तनका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डायरिया हुने लगायतका समस्या देखिइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन् । अहिले मौसम चेन्ज भइरहेको छ। जाडोबाट गर्मी हुँदै आइरहेको छ। पोलुसन हाई लेभलमा छ। यस्तो बढी बिरामीहरुलाई मार पर्ने भनेको बुढापाकाहरु जुनमा दम हुन्छ, मुटुको रोगी हुन्छ, सुगरको रोगीहरु हुन्छ, बढी असर पारेको छ।
तिनीहरुको श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया, हुने लगायतका समस्या देखिरहेका छन्। वृद्धवृद्धाहरुमा, बालबालिका, गर्भवती महिलाहरूमा इम्युन कमी हुन्छ। यस्ता मान्छेलाई मौसम परिवर्तनका कारण झाडापखाला, जस्ता धेरै रोग लाग्ने चान्स हुन्छ।
यिनीहरुलाई सकेसम्म खानेकुरामा ध्यान दिनुपर्छ। पछिल्लो समय शहरी क्षेत्रको वातावरण स्वास्थ्यवर्द्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन्। केही समयअघि विश्वका प्रमुख शहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो।