एमाले सिद्धलेकले दियो उम्मेदवारीः अध्यक्षमा सिलवाल र उपाध्यक्षमा अधिकारी(वडाध्यक्षमा को–को ?)

धादिङ,११ बैशाख ।
नेकपा एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुख, उपप्रमुख सहित सवै उमेदवारले आज मनोनयन दर्ता गराएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवाल उप–प्रमुखमा कमला शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

बुङचुङबाट बाजागाजा सहित हजारौंको संख्यामा उपस्थित कार्यकर्ताहरुको र्‍याली सहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।यसैगरि सिद्धलेक गाउँ संठगन कमिटिको निर्णय अनुसार सूर्य ध्वजाबहाक वडा अध्यक्षका उम्मेदवारहरु र वडा सदस्यहरुले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गराउने वडा अध्यक्षहरुमा वडा नम्बर १ मा इश्वर सिलवाल, वडा नम्बर २ मा कमल गुरुङ, वडा नम्बर ३ मा देव बहादुर पुलामी, वडा नम्बर ४ मा झक बहादुर थापा मगर, वडा नम्बर ५ मा गोपाल गुरुङ, वडा नम्बर ६ सुरेन्द्र थापा मगर, वडा नम्बर ७ मा लक्ष्मण खतिवडालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गाउँ पार्टी कमिटिले यस अघिनै सर्वसम्मत रुपमा सवै उमेद्धारको टुंगो लगाएको थियो ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्