एमाले धादिङद्वारा नीलकण्ठको सबै वडामा वडाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस (नामावली सहित)

धादिङ,११ बैशाख ।
नेकपा एमाले धादिङले नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा वडा अध्यक्षहरुको उम्मेद्धारको सर्वसम्मत टुंगो लगाएको छ । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि १४ वटै वडामा वडा अध्यक्षहरुको उम्मेद्धारको टुंगो लगाएको हो ।

नेकपा एमाले निलकण्ठ नगर कमिटिका अनुसार सबै वडा अध्यक्ष र नगरपालिका प्रमुख उपप्रमुखहरुले सोमबार उम्मेदवारी दर्ता गर्नेे जनाएको छ ।

निलकण्ठ नगरपालिकामा वडाअध्यक्षका उम्मेदवारहरुको नामावली प्रस्तुुत गरिएको छ।

वडानम्बर १ – मानबहादुर तामाङ
वडानम्बर २ – तिलकबहादुर गुरुङ
वडानम्बर ३ – किरण पाठक
वडानम्बर ४ – हरि बहादुर श्रेष्ठ
वडानम्बर ५ – भिम बहादुर थापा मगर
वडानम्बर ६ – अम्मर मगर
वडानम्बर ७ – इश्वरी प्रसादअधिकारी
वडानम्बर ८ – जीतबहादुर कुमाल
वडानम्बर ९ – नविनधमला
वडानम्बर १० – राजाराम पाठक
वडानम्बर ११ – उमेश विष्ट
वडानम्बर १२ – बाबुरामलम्साल
वडानम्बर १३ – मसिनातामाङ
वडानम्बर १४ – भुवनबहादुर सापकोटा

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्