गजुरीमा काँग्रेस र गंगाजमुनामा माओवादी र काँग्रेसनै गठबन्धनको निर्णय विरुद्ध

धादिङ,११ बैशाख ।
धादिङमा काँग्रेस, माओवादी केन्द्र र नेकपा(एस)ले लामो छलफलपछि पालिका भागबन्डामा सहमति गरेका छन् ।

जिल्ला तहका नेताहरुको लामो प्रयास असफल भएपछि प्रदेश समितिले पालिका भागबण्डामा सहमति गरेर जिल्ला तहलाई कार्यन्वयनको लागि निर्देशन दिएका थिए ।

प्रदेश समितिले थाक्रे गाउँपालिकाको विवाद यथावत राखी जिल्लाको १२ वटा स्थानीय तहको भागबण्डा मिलाएर पठाएको थियो । थाक्रेमा काँग्रेसलाई अध्यक्ष दिने र जिल्ला समन्वय समितिको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति गरी जिल्लाले पनि संयुक्त हस्ताक्षर सहित सहमति गरेका थिए ।

तर जिल्लाको निर्णयलाई नमान्दै भन्दै गजुरीमा काँग्रेसले एक्लै चुनाव लड्न दिन माग गर्दै काँग्रेस सभापतिलाई पत्र पठाएको छ। यसैगरी जिल्लाको गंगाजमुना गाउँपालिकामा भने काँग्रेस र माओवादी केन्द्रले जिल्लाले गरेको निर्णय नमान्ने निर्णय गरेको छ ।नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाका अध्यक्ष रामेश्वर सिंखडा र नेपाली काँग्रेसका सभापति फैसिंङ तामाङले संयुक्त विज्ञप्ति प्रकाशित गरी जिल्लाको निर्णय नमान्ने बताएका हुन् ।

यसैगरी गजुरी गाउँपालिकामा नेपाली काँग्रेसलाई एक्लै चुनाव लड्न दिन माग गरीएको छ । आज धादिङको केहि स्थानीय तहमा ठुला दलले उम्मेदवारी मनोनयन गरेपनि अधिकांस स्थानीय तहमा ठुला दलले उम्मेदवारी मनोनय गरेका छैनन। पालिकामा भागबण्डा मिलेपनि वडा तहमा गठबन्धमा भागबण्डा मिल्न बाँकि रहेको छ ।

यसैगरी नेकपा एमालेले पनि जिल्लाको तिन वटा स्थानीय तहमा उम्मेदवारी सिफारीस गरेपनि बाँकि स्थानिय तहमा उम्मेदवारी सिफारीस गर्न सकेको छैन । दलहरुमा आंकाक्षीहरु धेरै भएपछि उम्मेदवारी सिफारीस गर्नको लागि दलहरुलाई हम्मेहम्मे परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्