मनोनयनको पहिलो दिन १३ हजार ३८६ जनाले दर्ता गरे उम्मेदवारी 

काठमाडौं, १२ वैशाख । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आव्हान गरिएको मनोनयन दर्ताको पहिलो दिन देशभर १३ हजार ३८६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा २ हजार ५७९, मधेश प्रदेशमा ४ हजार ५४, बागमती प्रदेशमा १ हजार ९०१, गण्डकी प्रदेशमा ८६९, लुम्बिनी प्रदेशमा २ हजार ७१२, कर्णाली प्रदेशमा ४५२ र सुदुरपश्चिम प्रदेशमा ८२१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

मनोनयन दर्ताको पहिलो दिन प्रमुख पदको लागि ६१३, अध्यक्षको लागि ४७६, उपप्रमुखको लागि २६८, उपाध्यक्षको लागि ३०३, वडा अध्यक्षको लागि ३ हजार ५४६, महिला सदस्यको लागि २ हजार ६९, दलित महिला सदस्यको लागि १ हजार ६६४ र सदस्यको लागि ४ हजार ४४७ जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगले मनोनयन दर्ताको लागि आज बेलुकी पाँच बजेसम्म समय तोकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्