धादिङ, १४ बैशाख ।
माओवादी केन्द्र खनियाबासका सह–सचिव एवम वडा इन्चार्ज प्रेम तामाङले खनियाबास–२ को वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ ।
धादिङ निर्वाचन क्षेत्र २ (ख) का प्रदेश संसाद जगत सिंखडाको स्वाकिय सचिव समेत रहेका प्रेम बहादुर तामाङ (परेम) ले माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
स्कुल जिवन देखिनै राजनीतिमा होमिएर उनी टोल कमिटी हुँदै जिल्ला कमिटी सम्म आइपुगेका उन आफ्नो जित सुनिश्चित रहेको बताउनुहुन्छ। समाजमा रहेर धेरै सामाजिक कार्यहरु गरेको भन्दै उहाँले स्थानीहरुको माग र आवश्यकाका लागि सँधै क्रियाशिल नै रहेकाले अब वडा अध्यक्ष भएर नै जनताको सेवा गर्ने बताउनुभएको छ ।
जनताहरुले आफूलाई भोट हालेर जिताउनेमा आफु ढुक्क रहेको उहाँको भनाई छ ।