काठमाडाैं, ३० वैशाख
३० वैशाख, २०७९ शुक्रबार । तद्नुसार मे महिनाको १३ तारिक २०२२ । वैशाखशुक्लपक्ष द्वादशी, प्रदोष व्रत, हस्त नक्षत्र, व्रज योग, चन्द्रमा कन्या राशिमा छ ।
आज बिहान सूर्योदय ५ः१६ मा भएकाे छ भने सूर्यास्त ६ः४५ मिनेटमा हुनेछ । आजको दिन विदेश यात्राका लागि शुभ हुनेछ । आजका देवता वरुण र ग्रहदेव चन्द्र हुन् । शुक्रबार यात्रा गर्दा शुभ हुनेछ । आज देवालय र शिवालयको यात्रा पनि शुभ मानिन्छ । आज ११ः३४ देखि १२ः३४ सम्मसम्मको समय अत्यन्त शुभ समय मानिन्छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । प्रदोष पनि भएकाले सोचेअनुसार काम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा अर्थलाभ हुँदा मनमा खुसियाली हुनसक्छ । सकारात्मक हुन जरुरी छ । आजको दिन नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच राखेर मात्र काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । तपाईमाथि लाग्ने आरोपको विषयमा धेरै विवाद नगर्नु नै बेस हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकका लागि आजको दिन आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला । घर परिवारमा समेत सामान्य कुरामा पनि विवाद हुनसक्छ । त्यसैले आफ्नो नियमित कामबाहेक अन्य काममा त्यति धेरै चासो नदिदा राम्रो हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । विहानको सूर्योदयको दर्शन गरेर मात्र दिनको कामको शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईकैे काम र व्यवहारका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । कुमारी मन्दिरको दर्शन वा कुमारी कज्यालाई भोजन र बस्त्र दान दिनुभयो भने उत्तम हुनेछ। चन्द्रमाको साथ रहेको छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । सकारात्मक सोच र अध्ययन अनुसन्धानको काममा लाग्नु वेश हुनेछ । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । बालक, बृद्धलाई भोजन र वस्त्र दान दिनुभयो भने उत्तम हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । लामो यात्राको लागि निस्कनु अघि घरमा पूर्व पर्खेर, माता र कन्याको हातमा दक्षिण दिएर मात्र यात्राको शुरुवात गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा तपाईंले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यवसाय भएको ठाउमा रहेको लक्ष्मीमाताको मन्दिरको सरसफाई गर्नुहोला । व्यापारबाट सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । विदेश यात्रा जानेहरुको लागि खुसीको खबर मिल्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । विदेश यात्रा गर्ने सोच राख्नुभएको छ भने त्यस काममा लाग्नुहोला । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मनमा प्रसन्नता छाउने छ । विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । प्रदोष समेत भएकाले साँझ शिवालयमा गएर आरती गर्ने र आरतीको दर्शनमात्रले तपाईको मनमा सकारात्मक उर्जा थपिने छ ।