न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव : आज यी स्थानमा वर्षा

धादिङ,१७ जेठ ।
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको नेपालमा अहिले प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्