विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं, १२ असार । 

रोल्पा, रसुवा र चितवनमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

रोल्पाको रोल्पा नगरपालिका–२ धैरे पोखरास्थित जंगलको ओढारमा सोही नगरपालिका–९ घर भएका ६३ वर्षीय हर्क वहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् । 

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे घट्टेखोलास्थित होटलको कोठामा सिन्धुली हरिहरपुर गाउँपालिका–३ घर भएका ४२ वर्षीय सोम कुमार श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् । 

टिमुरेस्थित निर्माणाधिन रसुवागढी हाईड्रो पावरमा जेनेरेटर फिट गर्नको लागि आई उक्त होटलमा बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । 

चितवनको भरतपुर महानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय विनोद घिमिरे नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित नारायणी नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

गत बिहीबारबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्