धादिङको थाक्रेमा बँदेलले मकैबाली सखाप, कृषक चिन्तित

धादिङ,०७ साउन।
धादिङको थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र आसपास क्षेत्रमा बँदेलले कृषकको बालि सखाप पारेको छ । करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको हो ।

बँदेलले मकैसागै अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् ।

बाली संरक्षण अधिकृत राजेन्द्र रुपाखेतीले उक्त क्षेत्रको अवलोकन गर्र्दै कृषकको समस्यामा स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बद्ध सवै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्