धादिङ,२६ साउन ।
धादिङका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ।
बिहीबार जिल्लामा गरीएको ५७ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ५जना , नीलकण्ठ नगरपालिकामा ४ जना, गंगाजमुना गाउँपालिकामा ६ जना, धुनिबेशी नगरपालिकामा २ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा १ गरी जिल्लामा १८ पोजिटिभ केश देखिएको छ।
यस्तै संक्रमित मध्ये थप ३ जना डिस्चार्ज रहेका छन्। जिल्लामा सक्रिय केशको संख्या ५९ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।