नागरिकता विधेयक ‘जस्ताको तस्तै’ अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौ,३१ साउन ।
सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई विना संसोधन अघि बढाउने भएको छ ।

बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरुका शीर्ष नेताहरुको बैठकले विधेयक जस्ताको तस्तै पुनस् संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने  निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार १५ बुँदे सन्देशसहित नागरिकता विधेयकमा संघीय संसदले गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार गर्न आवश्यक भएकाे भन्दै फिर्ता पठाएकी थिइन् । फिर्ता गर्दा राष्ट्रपतिले दिएको कारण (संदेश) अब अघि बढाउँदा विधेयकले सम्बोधन गर्ने संवैधानिक विश्वास हुन्छ ।  

तर, सत्तारुढ दलले यसलाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको हो । यसरी पठाएको विधेयक फेरि फिर्ता गर्ने सुविधा र अधिकार भने राष्ट्रपतिलाई हुने छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्