बिहीबार धादिङका १५ जनालाई कोरोना संक्रमण, २६ संक्रमित डिस्चार्ज

धादिङ,०२ भाद्र ।
धादिङका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लामा गरीएको ५५ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ६ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६ जना, गंगाजमुना गाउँपालिकामा २ जना र धुनिबशी नगरपालिकामा १ जना गरी जिल्लामा १५ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यस्तै जिल्लाका थप २६ डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्