मंंगलबार धादिङका १३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८१

धादिङ,२१ भाद्र ।
धादिङमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा गरिएको ३६ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, नीलकण्ठ नगरपालिकामा ३ जना, ज्वालामुखी गाउँपालिकामा ३ जना, गजुरी, गंगाजमुना र नेत्रावती डबजोङ गाउँपालिकामा १/१ जना गरी जिल्लामा १३ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ ।

हाल धादिङमा सक्रिय संक्रमित ८१ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्