रेमिट्यान्स २०.३ प्रतिशतले वृद्धि, साउनमा ९२ अर्ब २१ करोड भित्रियो

काठमाडौँ,३० भाद्र ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्