सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा  बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ। 

लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्