आज टीकाकाे तेस्राे दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

लगातारकाे झरीले जनजीवन प्रभावित बनेपनि दशैँकाे टीका थाप्ने क्रम जारी छ । आज तेस्राे दिनपनि मान्यजनबाट टीका ग्रहण गरिँदैछ ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ । नेपालको पश्चिमी भेकका केही स्थानमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्